आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कामना सेवा बैंकद्वारा काठमाडौँ उपत्यका प्रहरी कार्यालयको प्रहरी कन्ट्रोल रूमको सवलीकरण

मङ्गलबार, १८ वैशाख २०८१, १२ : ३९
मङ्गलबार, १८ वैशाख २०८१

काठमाडौँ । कामना सेवा विकास बैङ्कले आफ्नो स्थापनाको १६ औँ वर्ष पूरा गरी १७औँ वर्षमा प्रवेश गरेको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा रहेको प्रहरी कन्ट्रोल रुमको सबलीकरण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कन्ट्रोल रुमको सबलीकरण सम्पन्न गरी काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापालाई बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले हस्तान्तरण रेका हुन् । 

उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले बैङ्कले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत प्रहरी कन्ट्रोल रुमको सबलीकरण गरिदिएकोमा धन्यवाद ज्ञापन गर्नुका साथै प्रहरी कन्ट्रोल रुमको सेवा समेत छिटो र छरितो हुन थालेको बताए । 

बैङ्कले आफ्नो स्थापनाको १७ औँ वार्षिकोत्सवको अवसरमा विभिन्न १७ वटा कार्यक्रम सहित सप्ताहव्यापी रुपमा कार्यक्रमहरु गरिरहेको छ । बैङ्कले गत शुक्रवार देखी विभिन्न कार्यक्रमहरूको आयोजना गरिरहेको छ । आगामी बिहीबार सम्म बैङ्कले विभिन्न कार्यक्रमहरू गर्ने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप