आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मोटरसाइकल र ट्याक्सी दुर्घटनामा तीन जनाको मृत्यु

मङ्गलबार, १८ वैशाख २०८१, १३ : २५
मङ्गलबार, १८ वैशाख २०८१

काठमाडौँ । धादिङ र बागलुङमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

धादिङको निलकण्ठ नगरपालिका-९ तिनघरेमा पाल्पा भञ्ज्याङबाट धादिङबेशीतर्फ आउँदै गरेको बा.प्र.०२-००४ प ४०७६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ४६ वर्षीय राम बहादुर मगरको मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल धादिङबेशीमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पताल हुँदै थप उपचारको लागि मेडिकेयर अस्पताल चाबहिल पठाइएको छ । 

यता बागलुङको ढोरपाटन नगरपालिका-२ मलकटिबाङस्थित सडकमा भिमगिठ्ठेबाट बुर्तिबाङतर्फ जाँदै गरेको ध.१ज ९९४ नम्बरको ट्याक्सी सोमबार राति दुर्घटना हुँदा चालक ढोरपाटन नगरपालिका-२ पाखुटे बस्ने २८ वर्षीय होम बहादुर पुन र ट्याक्सीमा सवार बडिगाड गाउँपालिका-६ छिसफाट बस्ने ३२ वर्षीय अस्विन परियारको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप