आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हमासको बलियो किल्ला कब्जा गरेको इजरायलको दाबी

मङ्गलबार, १८ वैशाख २०८१, १५ : ०१
मङ्गलबार, १८ वैशाख २०८१

काठमाडौँ । इजरायलको सेना  (आइडीएफ) ले सोमबार उत्तरी गाजा पट्टीमा हमासको बलियो किल्ला कब्जा गरेको दाबी गरेको छ। इजरायलका अनुसार यस अवधिमा एन्टी-ट्याङ्क मिसाइल र लन्चप्याडहरू र ठुलो मात्रामा हतियारहरू बरामद गरिएको छ ।

इजरायली सेनाले हमासले आफ्नो गुप्तचर र प्राविधिक नेटवर्क चलाउँदै आएको केही लक्ष्यहरूलाई पनि निशाना बनाएको बताएको छ । अल कुड्स अस्पताल नजिकैको भवनमा हमास लडाकुहरू लुकेको पनि आईडीएफले दाबी गरेको छ  ।

इजरायलले उक्त भवनलाई निशाना बनाएर हवाई हमला गरेपछि विस्फोट भएको बताउँदै यसले त्यहाँ हतियारको भण्डार रहेको देखाउने जिकिर गरेको छ । इजरायलले खान युनुस क्षेत्रमा बम विस्फोट भएको उल्लेख नगरे पनि त्यहाँ ठुला विस्फोट भएको जानकारी बीबीसीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप