आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कीर्तिपुर क्रिकेट मैदानमा ‘फ्लड लाइट’ जडान गर्ने जिम्मा एमएसआईपीएल-एएससी पावरलाई

मङ्गलबार, १८ वैशाख २०८१, १५ : ३०
मङ्गलबार, १८ वैशाख २०८१

काठमाडौँ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ‘फ्लड लाइट’ जडान गर्ने जिम्मेबारी सिनामंगलस्थित एमएसआईपीएल-एएससी पावर जेभीले पाएको छ । दोस्रो पटक आव्हान गरिएको टेन्डरबाट ‘फ्लड लाइट’ निर्माणको जिम्मा उक्त कम्पनीले पाएको हो । 

‘फ्लड लाइट’ जडानपछि कीर्तिपुर क्रिकेट मैदानमा दिवा—रात्रि खेलका लागि सुविधा उपलब्ध हुनेछ । उक्त कम्पनीले २७ करोड ४० लाख दुई हजार २२ रुपैयाँमा ‘फ्लड लाइट’ जडानको ठेक्का पाएको हो । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङका अनुसार, आगामी चारदेखि पाँच महिनाभित्र कीर्तिपुर क्रिकेट मैदानमा ‘फ्लड लाइट’ जडानको कार्य सम्पन्न हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप