आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रश्मिकापछि कट्रिनाको भिडियोमा पनि छेडखानी

मङ्गलबार, १८ वैशाख २०८१, १५ : ५०
मङ्गलबार, १८ वैशाख २०८१

नयाँ दिल्ली । यति बेला बलिउड दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दनाको डीपफेक भिडियोका कारण तरंगित छ । रश्मिकाको कान्ड सेलाउन नपाउँदै कट्रिनाको छेडखानी भएको फोटो अहिले भाइरल बनिरहेको छ । टाइगर ३ को एक दृश्यमा कट्रिनाले तौलियामा बेरिएर एउटा फाइट सिन दिएकी थिइन् ।

सो दृश्यको छायांकन निकै गाह्रो भएको हालै मात्रै कट्रिनाले बताएकी थिइन् । अहिले चर्चामा रहेको सोही सिनको एउटा फोटोमा कसैले छेडखानी गरेर इन्टरनेटमा अपलोड गरिदिएको छ । छेडखानी गरिएको फोटोमा तौलिया बेरिएको हिस्सा हटाएर भित्री वस्त्र देखाइएको छ । यो पनि डिपफेकै काम हो कि होइन भनेर चाँहि खुलासा भएको छैन ।

जारा पटेल नाम गरेकी युवतिको भिडियोमा रश्मिका अनुहार राखेर बनाइएको एउटा भिडियो भाइरल बनेपछि यो प्रविधिप्रतिको चिन्ता र चासो बढेको छ । आफ्नो नक्कली भिडियो बनाउनेलाई कारबाही गर्न रश्मिकाले माग गरेकी छिन् । अभिताभ बच्चन लगायत बलिउड कलाकारहरूले पनि यस मामिलामा कडाइका साथ प्रस्तुत हुन अधिकारीसँग माग राखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप