आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एनआईएमबीको ‘एक खाता, एक विरुवा’ अन्तर्गत टोखा नगरपालिकामा वृक्षारोपण कार्यक्रम

मङ्गलबार, २६ मङ्सिर २०८०, १६ : १६
मङ्गलबार, २६ मङ्सिर २०८०

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले सञ्चालन गरेको ‘एक खाता, एक विरुवा’ अभियानद्वारा वृक्षारोपण कार्यक्रम सुरु गरिएको छ । 

जसअनुसार बैंकले प्रत्येक एनआईएमबी ग्रीन फ्युचर सेभिङ अकान्उन्ट  खाता खोल्ने ग्राहकको नाममा एक विरुवा रोप्ने र त्यसको संरक्षण गर्ने बताएको छ ।  बैंकले लुम्बिनी वल्र्ड पिस फोरमसँग सहकार्य गरी टोखा नगरपालिका वडा नम्बर २ मा ५०० वटा विरुवा रोपी यस अभियानको सुरुवात गरेको हो । 

वृक्षारोपण कार्यक्रममा बैंकका कर्मचारीहरु, लुम्बिनी वल्र्ड पिस फोरमका अध्यक्ष बासु गौतम, टोखा नगरपालिका वडा नम्बर २ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, वडाका जनप्रतिनिधीहरु, महिला स्वयंसेविकाहरु तथा सशस्त्र प्रहरी निरीक्षक सन्तोश केसीलगायतको उपस्थिति थियो ।    
    
खाताको मुख्य उद्देश्य ग्राहकवर्गहरुलाई भविष्यका लागि बचत गर्न प्रत्साहित गर्नुका साथसाथै वातावरण संरक्षणमा पनि योगदान पु¥याउनु रहेको बैंकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप