आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इतिहासमा ५ पटक रिलिज भएको एउटै फिल्म

मङ्गलबार, २६ मङ्सिर २०८०, १७ : ५७
मङ्गलबार, २६ मङ्सिर २०८०

नयाँ दिल्ली । २५ वर्षअघि भारतमा एउटा ब्लकबष्टर फिल्म रिलिज भएको थियो । यो फिल्म दिलवाले दुल्हनिया ले जाएंगे, गदर र मुगल–ए–आजमकै स्तरको फिल्म थियो । 

यो फिल्मको क्रेज यस्तो थियो कि निर्माताहरुले यो फिल्म ५ पटक रिलिज गरेका थिए । सिनेमा इतिहासको यो दूर्लभ घटना थियो । आमिर खानको यो फिल्मले उनको शुरुआती करियरका २५ फिल्मले भन्दा दुई गुणाभन्दा धेरे कमाई गरेको थियो ।

यो फिल्म थियो सन् १९९६ मा रिलिज भएको राजा हिन्दुस्तानी । यो फिल्मको नाम अहिले पनि डीडीएलजे, गदर जस्ता बलिउडको अल–टाइम हिट फिल्ममा आउँछ । यो फिल्मको पाँच ओटा रिलिज डेट थियो । अर्थात् यो फिल्म ५ पटक रिलिज भएको थियो । देश दुनियाँमा फरक फरक ५ मितिमा रिलिज भएको यो इतिहासकै पहिलो फिल्म भएको फिल्मका निर्देशक धर्मेश दर्शनले भनेका थिए ।

फिल्म नोभेम्बर ११ मा केही  ठाउँमा रिलिज भएको थियो । प्रदर्शकहरुले सोमबार पनि रिलिज गर भन्दै माग गर्न थाले । फिल्मको क्रेज बढ्दै गयो । मंगलबार अरु सिनेमा हलहरुमा फिल्म रिलिजको माग आउन थाल्यो ।  राजश्री र यश चोपडा फिल्मको रिलिजमा ध्यान दिइरहेका थिए । फिल्म बुधबार र बिहीबार अरु ठाउँमा पनि रिलिज भयो । यसरी यो फिल्म एक हप्तामै ५ भिन्दा भिन्दै दिनमा फरक फरक ठाउँमा रिलिज भयो ।

यो फिल्मको गीत निकै चर्चित भएका थिए । करिष्मा कपुर र आमिर खानको जोडीलाई पनि निकै रुचाइयो । यो फिल्म दुबैको करियरको सबैभन्दा ठुलो हिटमध्येमा पर्दछ । बक्स अफिस इन्डियाको रिपोर्ट अनुसार राजा हिन्दुस्तानी ५ करोड ७५ लाख रुपयाँमा बनेको थियो । 

फिल्मले संसारभरमा ७६ करोड ३४ लाख रुपैयाँको व्यापार गरेको थियो । धर्मेश दर्शनले करियरमा जम्मा ७ फिल्म निर्देशन गरेका थिए । यीमध्ये राजा हिन्दुस्तानी सबैभन्दा ठुलो हिट थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप