आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फोन नम्बर नभएपनि ह्वाट्सएपमा लगइन गर्न सकिने

मङ्गलबार, २६ मङ्सिर २०८०, १८ : ०३
मङ्गलबार, २६ मङ्सिर २०८०

काठमाडौँ । अहिलेसम्म ह्वाट्सएपमा लगइन गर्न प्रयोगकर्ताले आफ्नो मोबाइल फोन नै प्रयोग गर्नुपथ्र्यो । तर छिटै नै नयाँ विकल्प पाइँदैछ । नयाँ विकल्पले प्रयोगकर्तालाई ई–मेलमार्फत लगइनको विकल्प दिइनेछ । 

अहिले यो फिचर बिटा टेष्टिङमा छ । केही एन्ड्रोइड प्रयोगकर्तालाई मात्रै यो सुविधा दिइएको छ । टेष्टिङ सम्पन्न भएपछि सबै प्रयोगकर्तामाझ यो फिचर लञ्च गरिने बताइएको छ ।

नयाँ विकल्पलाई लग–इन गर्ने अर्को तरिका मानिनेछ । ह्वाट्सएपका केही प्रयोगकर्ता बीटा प्रयोगकर्ताले आफ्नो एकाउन्टलाई इमेलसँग लिंक गर्ने विकल्प पाएको स्याम मोबाइलले बताएको छ ।

इमेल एड्रेस भेरिफाइ गर्नुपर्ने 

विभिन्न सञ्चार माध्यमहरूमा छापिएका खबरका अनुसार प्रयोगकर्ताले आफ्नो एकाउन्ट सेट गर्न इमेल एड्रेस भेरिफाई गर्नु पर्नेछ । आफ्नो खातालाई स्थापित गर्न विफल भएमा चेतावनी संकेत देखिनेछ । लिंक गरिएको इमेलमा फेरि पठाउन अतिरिक्त भेरिफाई इमेल बटन पनि छ ।

प्रयोगकर्ताले एसएमएसमा भेरिफिकेशन कोड पाउन नसक्ने वा साथमा रिजष्टर्ड फोन नम्बर नभएको स्थितिमा इमेल एड्रोसको सुविधाले ब्याकअपको काम गर्नेछ । एन्ड्रोइड प्रयोगकर्तालाई पासकिज प्रयोग गर्न आफ्नो एकाउन्टमा पहुँचको अनुमति दिने ह्वाट्सएपले गएको महिना नै बताएको थियो ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप