आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘सर्वदलीय हेड सर’ लाई रविको सुझाव : चिसोमा जनता जोगाउनुहोस्, व्यवस्था आफै जोगिन्छ

‘उद्धार कार्य उत्कृष्ट थियो तर राहत वितरण कत्ति पनि सही भएन’
मङ्गलबार, २६ मङ्सिर २०८०, २० : १७
मङ्गलबार, २६ मङ्सिर २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज बसेको गणतन्त्र पक्षधर पार्टीहरूको बैठकप्रति आक्रोश व्यक्त गरेका छन् । उनले बैठक बसेर व्यवस्थाबारे चिन्ता गर्नुको साटो भूकम्पपीडितलाई राहत दिए व्यवस्था आफै जोगिने बताएका हुन् ।

उनले उद्धार कार्य उत्कृष्ट भए पनि राहत वितरण सही नभएको बताएका छन् । उनले भनेका छन्, ‘आदरणीय "सर्वदलीय हेड सर" हरू यता सुन्नुस् है, आज बैठक गर्ने सबै पार्टी मिलेर भूकम्प पीडितका घरमा पाल र ब्ल्याङ्केट पुराउनुहोस् र यो चिसोमा जनता जोगाउनुस्। व्यवस्था आफै जोगिन्छ, परिवर्तन आफै जोगिन्छ।।सुत्केरीहरूको जिउ सुन्निएको छ, अस्थायी शौचालय छैन, पुरिएका चौपायाका कारण महामारी फैलने डर छ। जुटाइदिएको पाल,चामल,दाल समयमै बाँड्न नसक्ने अनि चिन्ता व्यवस्थाको, परिवर्तन को?

तपाईँहरूले सक्नु हुन्न भने भन्नुस्, रास्वपाले सक्छ र रास्वपा तयार छ त्यो पनि पुनर्निर्माण सम्मको जिम्मा लिन तयार छ। फेरि पनि भन्छु,व्यवस्था खतरा छैन,भए पनि जोगाउने जनता छन्। तिनको जीवन रक्षा गरिदिनुस् । परिवर्तनका लागि तातो गोली खान पछि नहटेका जाजरकोट, रुकुम, बझाङका जनतालाई यो चिसोमा आकाश मुनि सुत्न बाध्य पारेर परिवर्तन जोगाउने बैठकको दृश्यले मेरा आँखा नराम्ररी बिझाए। नोट: उद्धार कार्य उत्कृष्ट थियो तर राहत वितरण कत्ति पनि सही भएन।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप