आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुरक्षा मापदण्डमा बीवाईडी डल्फिन र बीवाईडी सीललाई फाइभ–स्टार

मङ्गलबार, २६ मङ्सिर २०८०, २२ : ०४
मङ्गलबार, २६ मङ्सिर २०८०

काठमाडौँ । अस्ट्रेलियाको नयाँ कारको मूल्याङ्कन गरिने कार्यक्रम (एएनसीएप) अन्तर्गतको परीक्षण मापदण्ड अनुसार बीवाईडी डल्फिन र बीवाईडी सीलले हालै मात्र सुरक्षामा फाइभ–स्टार मूल्याङ्कन प्राप्त गरेको छ । 

सुरक्षाका फाइभ–स्टार मूल्याङ्कन प्राप्त गर्न, सवारी साधनहरूले सबै परीक्षणहरूमा उच्चतम मापदण्ड प्राप्त गर्नु पर्ने र अत्याधुनिक सुरक्षाका प्रविधिहरूले सुसज्जित भएको हुनुपर्छ।  एएनसीएपको रिपोर्ट अनुसार बीवाईडी सीलले ओब्लिक पोल परीक्षणमा चालकको र छेउछाउ अथवा किनारामा परेको टक्करको प्रभाव परीक्षणमा बालबच्चाको सुरक्षामा पूर्ण अङ्क प्राप्त गरेको छ। यसले वयस्क यात्रीको सुरक्षामा ८९ प्रतिशत, बालबच्चा यात्रीको सुरक्षामा ८७ प्रतिशत, ८२ प्रतिशत सम्भावित जोखिममा रहेका सडक यात्रुको सुरक्षामा र ७५ प्रतिशत सुरक्षा सहयोगमा प्राप्त गरेको छ। 

बीवाईडी डल्फिनले अगाडि परेको ठक्कर र छेउछाउ या किनारामा परेको ठक्करको प्रभाव परीक्षणमा बालबच्चा यात्रीको सुरक्षामा अधिकतम अङ्क हासिल गरेको छ । साथै,  बीवाईडी डल्फिन ले २०२३ मा परीक्षण गरिएका सबै मोडलहरू मध्येमा सम्भावित जोखिममा रहेका सडक यात्रुको सुरक्षामा सर्वाधिक ८५ प्रतिशत अङ्क हासिल गरेको छ। 

यी दुवै मोडलको एईबी हेड अन प्रणालीले शानदार प्रदर्शन गरेका छन्। त्यसैगरी यी दुई मोडलमा एएनसीएप को नयाँ मापदण्ड मूल्याङ्कन अनुसारको ‘ढोका खुला हुने’ प्रविधि क्षमता रहेको छ। यस प्रविधिले यदि कार पानीमा डुबेको खण्डमा कारको ढोका दुई मिनेट सम्म बन्द हुन दिनेछैन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप