आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

युद्धग्रस्त युक्रेनको टोलीसँग बार्सिलोना स्तब्ध

शुक्रबार, १४ वैशाख २०८१, ०९ : ३४
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौँ । युद्धग्रस्त युक्रेनको टोली शाख्तार डोनेस्कसँग पराजित हुँदै स्पेनिस महारथी बार्सिलोना च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्ने पहिलो टोली बन्नबाट चुकेको छ ।

खेलमा डानिलो सिकानले पहिलो हाफको अन्त्यमा गरेको एकमात्र गोल निर्णायक बनेको थियो । दोस्रो हाफमा टोलीका लागि निवेर्टनले अर्को गोल थपे पनि त्यसलाई अफसाइड करार गर्दै रद्द गरिएको थियो ।

दुई खेल बाँकी रहँदा समूह एचबाट बार्सिलोनालाई नकआउट चरणमा पुग्न मात्र १ अङ्क चाहिएको थियो । तर, पराजयपछि अब टोलीले थप समय पर्खिनुपर्ने भएको छ ।

खेल अवधिभर बलमा नियन्त्रण बनाए पनि स्पेनिस टोलीले युक्रेनको च्याम्पियन टोलीविरुद्ध गोल गर्न असफल भएको थियो । पराजयका बाबजुद टोली ९ अङ्कसहित समूहको शीर्ष स्थानमा रहेको छ । 

रोयल एन्टर्पलाई हराएको पोर्टो सामान अङ्कसहित दोस्रो स्थानमा छ । पाँच पटकको विजेता बार्सिलोनालाई हराएको शाख्तार ६ अङ्कसहित तेस्रो स्थानमा रहेको छ । शाख्तारले पछिल्लो पटक सन् २००८ मा बार्सालाई हराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप
रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप