आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हालान्डको दुई गोलमा सिटी नकआउट चरणमा

शुक्रबार, १४ वैशाख २०८१, ०९ : ४८
शुक्रबार, १४ वैशाख २०८१

इतिहाद । अर्लिङ हालन्डको दुई गोलको मद्दतले यङ ब्वाइजलाई हराउँदै समूह चरणका दुई खेल बाँकी छँदै म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा साबिक विजेता टोली ३–० गोलले विजयी बन्यो ।

नर्वेजियन स्ट्राइकरले खेलको २३ औँ मिनेटमा पेनाल्टीमार्फत टोलीलाई अग्रता दिलाए । पहिलो हाफको अतिरिक्त समयमा फिल फोडेनले ज्याक ग्रिलिसको पासमा टोलीको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफको सुरुवातमा नै हालान्डले व्यक्तिगत दोस्रो गर्दै टोलीको जीत सुनिश्चित गरे । च्याम्पियन्स लिगका ३४ खेलमा हालान्डको गोल सङ्ख्या ३९ पुगेको छ । उनले सिटीका लागि सबै प्रतियोगिताका ७० खेलमा ६७ गोल गरेका छन् ।

५३ औँ मिनेटमा यङ ब्वाइजका सान्ड्रो लाउपरले दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाड्न बाध्य भएका थिए । तर त्यसपछि कुनै गोल सकेन । 

समूह जीको अन्य खेलमा जर्मन क्लब आरबी लेइपजीगले रेड स्टार बेलग्रेडलाई २–१ गोलले हरायो । समूहमा सिटी ४ खेलपछि सर्वाधिक १२ अङ्कसहित शीर्ष स्थानमा रहेको छ । ९ अङ्क बटुलेको लेइपजिग दोस्रो स्थानमा छ । यङ ब्वाइज र रेड स्टरा बेलग्रेडको एक–एक अङ्क रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप