आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
जाजरकोट भूकम्प

भूकम्प प्रभावित क्षेत्रबाट फर्किएपछि प्रधानमन्त्रीलाई रवि लामिछानेको १४ बुँदे सुझाव (पूर्णपाठ)

शुक्रबार, १४ वैशाख २०८१, २२ : ४०
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबारे सरकारले गर्नुपर्ने काममा केन्द्रित रहेर सरकारलाई १४ बुँदे सुझाव दिएका छन् । 

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेट गरेर लामिछानेले आफ्नो १४ सुझावसहितको निवेदन हस्तान्तरण गरेका हुन् । 

लामिछानले भूकम्प लगत्तै प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम पुगेका थिए । ‘पार्टीको कार्यक्रमका लागि पाल्पामा रहेको भएतापनि भूकम्पको खबर सुन्ने बित्तिकै पूर्व निर्धारित सबै कार्यक्रम स्थगित गरेर पाल्पाबाट हामी सिधै जाजरकोट गएका थियौँ । यस निवेदनमा मैले देखेको भूकम्प प्रभावित क्षेत्रको अवस्था र तत्काल गरिनुपर्ने कार्यको सूची तपाईँसमक्ष राखेको छु’, लामिछानेको निवेदनमा भनिएको छ ।’

लामिछानेले सरकारले प्रभावित क्षेत्रमा चाहिएका सामग्री तत्काल पुर्याउन र गुणस्तरीय त्रिपाल लैजान सुझाव दिएका छन् । यसैगरी भूकम्प प्रभावित जनता, भूकम्प पश्चातको २ दिनमै आफ्नो जोहो गर्न आफैँ संघर्षरत रहेको पाएको भन्दै उनले यसका कारण जनता निराश भएको  उल्लेख गरेका छन् ।  उनले सरकार जनताको अभिभावक भएको स्मरण गराउँदै आम जनसमुदायमा सरकार छ भन्ने प्रत्याभूति गराउन उपयुक्त, कदम चाल्न आग्रह गरेका छन् । 

राहत सामग्री वितरणमा एकरुपता नभएको, राहत प्रशासनमा थुप्रिएपनि प्रभावितले नपाएको, एकद्वार प्रणालीको व्यवस्थापन खराब रहेको भन्दै यसलाई सुधार्न लमिछानेले सरकारको ध्यानाकर्षण गराएका छन् ।

Letter-to-PM-2080-7-22-1Letter-to-PM-2080-7-22-2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप