आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बिहे गरेको १२ वर्षपछि हनी सिंहको सम्बन्धविच्छेद

पत्नीले लगाएकी थिइन् घरेलु हिंसाको आरोप
शुक्रबार, १४ वैशाख २०८१, १० : ३०
शुक्रबार, १४ वैशाख २०८१

नयाँ दिल्ली । भारतका चर्चित र्‍यापर हनी सिंहले सम्बन्धविच्छेद गरेका छन् । बिहे गरेको १२ वर्षपछि श्रीमती शालिनी तलवारसँग हनीले पारपाचुके गरेका हुन् । लामो समयसम्म उनी आफ्नो विवाहित जीवनलाई लिएर चर्चामा थिए । दिल्लीको फ्यामिली कोर्टले सिंह सम्पत्तिलाई अलग्गिने मन्जुरी दिएको छ । साढे २ वर्षदेखि सम्बन्ध विच्छेदको मुद्दा अदालतमा विचाराधीन थियो ।

शालिनीले हनीलाई घरेलु हिंसाको आरोप लगाएकी थिइन् । अदालतले सम्बन्धविच्छेदलाई अनुमति दिनु अघि हनीलाई  अन्तिम पटक अब पनि पत्नीको साथमा रहने कोसिस गर्न चाहन्छौँ ? भनेर सोधेको थियो । यसको उत्तरमा उनले अब पनि साथमै बस्नु कुनै औचित्य नभएको उत्तर दिएका थिए । शालिनीले पनि हनीको उत्तरमा सहमति जनाएकी थिइन् ।

दुबैले एक अर्कामाथि लगाएको आरोप फिर्ता लिएका छन् । हनी र शालिनीले लभ म्यारिज गरेका थिए । लामो समयसम्म एक अर्कालाई डेट गरेपछि सन् २०११ मा सिख रीतिरिवाजअनुसार दुबैको बिहे भएको थियो । शालिनीसँग उनको अफेयरको चर्चा चल्न थालेपछि एउटा रियालिटी शोमा हनीले आफूले शालिनी आफ्नो पत्नी भएको अनि बिहे भएको तीन वर्ष भइसकेको खुलासा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप