आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कृष्णको गीत ‘मुटु रेटिन्छ’ मा मिटर ब्याजीका पीडा

शुक्रबार, १४ वैशाख २०८१, १० : ५५
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौँ । पछिल्लो समय स्टेज कार्यक्रममा ब्यस्त गायक कृष्ण गैरेले सन्देशमुलक गीत ‘मुटु रेटिन्छ’ सार्वजनिक गरेका छन् । देशमा चलिरहेको मिटरब्याजीका कारण गरिब जनताको कसरी उठिवास भैरहेको छ भन्ने सन्देश गीतले दिएको छ । 

गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जाल टिकटमा चर्चामा छ । १५ हजार भन्दा बढीले यो गीतमा टिकटक समेत बनाएका छन् । गीतमा गायक कृष्णलाई सुनिता बुढा क्षेत्रीले स्वरमा साथ दिएकी छन् । हम गैरेको शब्द, नन्दु परियारको संगीत रहेको गतिमा संगीत संयोजन विनोद बाजुरालीको छ । 

गीतको भिडियोमा रवि गिरी, निक्स शर्मा, जुनु गुरुङ, अर्जुन भट्टराई, दिनेश भण्डारी, आशा बिश्वकर्मा, विदुर पोखरेल, शरण थामी, आशिष अधिकारी, अनिल भण्डारी, विष्णु थापाको अभिनय देख्न सकिन्छ ।  रोशन तामाङको छायांकन रहेको भिडियोमा हुम गैरेले निर्देशन गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप