आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

४५ करोड बजेटको फिल्मको यो हविगत, १ लाख पनि कमाइ भएन !

शुक्रबार, १४ वैशाख २०८१, ११ : १०
शुक्रबार, १४ वैशाख २०८१

नयाँ दिल्ली । यो वर्ष बलिउडमा यस्ता कयौँ फिल्म आए, जसमा भएको लगानी डुब्न पुग्यो । राधेश्याम, आदिपुरुष, लाल सिंह चढ्ढा, सम्राट पृश्वीराज, तेजस र गणपत आदि फिल्म सुपर डिजाष्टर साबित भए । यी फिल्महरूको बजेट १ अर्ब देखि ६ अर्ब रुपयाँसम्म थियो । तर यी सबै बक्स अफिसमा लज्जास्पद ढंगले असफल भए ।

हालै मात्रै एउटा नयाँ फिल्म आएको थियो । तर कमाइ गर्न नसक्ने मामिलामा यो फिल्मले माथि उल्लिखित सबै फिल्मलाई उछिन्यो । यहाँ कुरा गर्न लागिएको फिल्म हो अर्जुन कपुर र भूमि पेडनेकरको द लेडी किलर । यो फिल्म ४५ करोड रुपयाँमा बनेको थियो । तर पहिलो दिनमा फिल्मले जम्मा ३८ हजार कमायो । अर्थात् फिल्मका २९३ वटा टिकट मात्रै बिकेको थियो । फिल्मले बक्स अफिसमा जम्मा १ लाख पनि कलेक्शन गर्न सकेन ।

फिल्मको प्रडक्शनमा ढिलाइ भएको थियो । सेड्युल नोभेम्बरमा सकिने बताइएको थियो । तर फिल्म पूरा बनिनसक्दै रिलिज गरियो । 

अक्टोबरमा फिल्मलाई हतार गरेर रिलिज गरियो । फिल्म देशभरका एक दर्जन हलमा मात्रै रिलिज गरियो । न त यसका स्टारहरुले फिल्मको प्रचार प्रसार गरे । फिल्मको यस्तो प्रदर्शन देखेर सामाजिक सञ्जालहरूमा फ्यानहरूले अनेकौँ कमेन्ट गरिरहेका छन् । यो फिल्म भारतीय सिनेमा जगतको अहिलेसम्मकै सबैभन्दा ठुलो विपद् बनेको समाचारमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप