आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मित्रराष्ट्रबाट राहत सामग्री आइरहेको छ, ढिलाइ नगरी वितरण गर्छौँ : उपप्रधानमन्त्री श्रेष्ठ

शुक्रबार, १४ वैशाख २०८१, १२ : २२
शुक्रबार, १४ वैशाख २०८१

पोखरा । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चीन सरकारले उपलब्ध गराएको राहत सामग्री बुझेका छन् । बुधबार पोखरा विमानस्थलमा राहत सामग्री बुझ्दै उनले प्राप्त सामग्री छिटोभन्दा छिटो पीडितसम्म पुर्‍याउने प्रतिबद्धता जनाए । 

उपप्रधानमन्त्री श्रेष्ठले भने-'अहिले मित्रराष्ट्रले सहयोग पठाइरहेका छन् । नेपालगन्जमा भारतले हस्तान्तरण गरेको सामग्री जाजरकोट पठाइसकेका छौँ । आज चीनले सहयोग गरेको सामग्री पनि तत्काल  पीडितसम्म पुराइनेछ । '

चीनले उपलब्ध गराएको राहत सामग्री एपिएफको सुरक्षामा ट्रकबाट सम्बन्धित ठाउँमा पुर्‍याइने श्रेष्ठले जानकारी दिए । त्यसका लागि ट्रक तयारी अवस्थामा रहेको उनको भनाइ थियो । 

पहिलो चरणमा उद्धार सम्पन्न भएको र दोस्रो चरणमा राहत सामग्री वितरण गरेपछि तेस्रो चरणमा पुनः निर्माण र पुनः स्थापनामा लाग्ने श्रेष्ठको भनाइ थियो। 

देश सङ्कटमा परेको समयमा राजनीतिक दलहरु एक जुट भएकोमा उनले दलहरूको प्रशंसा पनि गरे । विपद्मा एक हुने नेपाली संस्कृति नै भएको उनको भनाइ थियो । 

सो क्रममा चीनले नेपाली २८ करोड बराबरको सामान हस्तान्तरण गरेको छ ।  ४६०० थान ब्ल्याङकेट र ६०० थान पाल राहत सामग्रीमा समावेश छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप