आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

६ जिल्लाबाट लागु औषध सहित १५ जना पक्राउ

शुक्रबार, १४ वैशाख २०८१, १३ : ५७
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौँ । प्रहरीले विभिन्न ६ वटा जिल्लाबाट लागु औषध कारोबारमा संलग्न १५ जनालाई पक्राउ गरेको छ । कञ्चनपुर, कैलाली, रुपन्देही, बर्दिया, झापा र बाँकेबाट लागु औषध प्रयोगकर्तालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

कञ्चनपुर, भीमदत्त नगरपालिका–१० गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन २ ग्राम ७ मिलिग्रामसहित बेदकोट नगरपालिका–६ बस्ने २७ वर्षीय चक्र घटाल र २४ वर्षीय दिल्ली राज भाटलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाट ४८ वर्षीय पदम बहादुर कार्कीलाई प्रहरीले चरेस ९२ ग्राम ४२ मिलिग्राम सहित पक्राउ गरेको छ । 

कैलालीको धनगढी उपमहानगरपालिका–१ बालुवाघाटबाट अवैध लागूऔषध ब्राउनसुगर ६ सय मिलिग्रामसहित १६ वर्षीय किशोर सहित दुई जनालाई पक्राउ गरिएको छ ।   

रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ बाट २८ वर्षीय विकास सेरबुजालाई पक्राउ गरिएको छ । सेरबुजाको साथबाट प्रहरीले लागूऔषध ब्राउनसुगर १ ग्राम ८ सय मिलिग्राम बरामद गरेको छ । 

बर्दियाको बाँसगढी नगरपालिका र बढैयाताल नगरपालिकाबाट ३ जनालाई पक्राउ गरिएको छ । बाँसगढीबाट १ ग्राम ८७० मिलिग्राम ब्राउनसुगर सहित  २२ वर्षीय निरज कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बढैयाताल गाउँपालिका–२ फुटाहाबाट करिब ६ ग्राम ७ मिलिग्राम खैरो हेरोइन सहित २२ वर्षीय अभिषेक थारू सहित दुई जनालाई पक्राउ गरिएको छ । 

झापाको अर्जुनधारा नगरपालिका–११ नयाँ बसपार्कमा बस्ने भारतिय नागरिक १९ वर्षीय प्रियन्सु कुमार मण्डल, १९ वर्षीय मोहम्मद लाल भन्ने साहिल सेख र २३ वर्षीय मोहम्मद काजीम आलमलाई प्रहरीले पक्राउ गरेको छ । उनिहरुको साटबाट १४ ग्राम ३ सय २० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ । 

त्यसैगरी झापाको बिर्तामोड नगरपालिका–८ गरामनीबाट ब्राउनसुगर ३ ग्राम ४८० मिलिग्रामसहित २५ वर्षीय प्रतिक राईलाई पक्राउ गरिएको छ । बाँकेको बैजनाथ गाउँपालिका–६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ३० मिलिग्रामसहित खजुरा गाउँपालिका–८ बस्ने १९ वर्षीय समिर खान र २३ वर्षीय हरण सेखलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप