आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रणवीर र रश्मिकाको ‘एनिमल’लाई अमेरिकामा ८ सय ८८ हल

शुक्रबार, १४ वैशाख २०८१, १५ : ०९
शुक्रबार, १४ वैशाख २०८१

मुम्बई । रणवीर कपुर अभिनीत फिल्म ‘एनिमल’ रिलिज भएको छैन । फिल्मले अहिले देखिनै रेकर्ड बनाउन थालेको छ । 

फिल्म अमेरिकाको ८ सय ८८ भन्दा बढी पर्दामा रिलिज हुने भएको छ । जुन बलिउड फिल्मका लागि अहिलेसम्मकै धेरै हल हो । यस अगाडि अमेरिकामा शाहरुखको ‘जवान’ले ८ सय ५० र रणवीरकै ‘ब्रम्हास्त्र’ले ८ सय १० पर्दामा पाएको थियो ।

ग्याङ स्टारको कथामा निर्माण भएको फिल्मले बुबा र छोरीको कथा भन्छ । फिल्मको टिजरमा रणवीर र बबी देओल खतरनाक लुक्समा समेत देखिएका छन् । फिल्ममा साउथ स्टार रश्मिका मन्दानाको पनि अभिनय छ । रणवीर र रश्मिको फिल्म सहकार्य यो पहिलो हो । फिल्म सन्दीप रेड्डी वांगाले बनाएका हुन् ।

डिसेम्बर १ मा एकसाथ ५ भाषामा रिलिज हुने फिल्मले फिल्मले राम्रो व्यवसाय गर्ने अपेक्षा गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप