आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तिहारमा दुई कार्यक्रम गर्दै शैलेन्द्र सिम्खडा

शुक्रबार, १४ वैशाख २०८१, १५ : २५
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौँ । चर्चित हास्य कलाकार तथा कवि शैलेन्द्र सिम्खडाले यो तिहारमा दुई कार्यक्रम गर्ने भएका छन् । उनले काठमाडौँ र पोखरमा गरेर दुई कार्यक्रम गर्न लागेको सामाजिक संजाल मार्फत जानकारी दिएका छन् ।
उनको पहिलो कार्यक्रम फोकस नेपालको आयोजनामा ‘देउसी भैलो’ हुनेछ । कात्तिक २४ गते राष्ट्रिय नाचघरमा आयोजना हुने कार्यक्रममा उनले आफ्नो प्रस्तुति मार्फत भ्रष्टहरुलाई सिस्नुपानी लगाउने बताएका छन् ।

यो कार्यक्रममा सिम्खडालाई कमेडीमा राजा राजेन्द्र पोखरेल, सुवोध गौतम, प्रभात लामाले साथ दिदैछन् । रोहित कार्की र साथीहरुको समहुको देउसी भैलो प्रस्तुति समेत रहेन कार्यक्रममा बिभिन्न कला केन्द्रबाट नृत्यका साथै लोक तथा आधुनिक गायक गायिकाको प्रस्तुति पनि रहनेछ । 

त्यस्तै कात्तिक २५ मा उनले पोखरामा आयोजना हुने ‘७औं दिपावली सांगीतिक साँझमा’ प्रस्तुति दिनेछन् । यो कार्यक्रमको आफ्नो प्रस्तुति र सहयोगी भने सिम्खडाले उल्लेख गरेका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप