आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पोल्याड पठाउँछु भनेर ३८ लाख ठगेको आरोपमा महिला पक्राउ

शुक्रबार, १४ वैशाख २०८१, १५ : ४४
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौँ । पोल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१० घर भएर नागार्जुन बस्दै आएकी सुनिता कर्माचार्य छिन् । 

३९ वर्षीया कर्माचार्यलाई इन्द्रचोकबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले रातोपाटीलाई बताए । 

कर्माचार्यले १७ जनालाई ‘पोल्याड पठाउँछु’ भनेर ३८ लाख रकम लिएर फरार भएको आरोप छ । पोल्याडमा प्रतिष्ठित कम्पनीमा मासिक १ लाख ५० हजार तलब आउने जागिर लगाइदिन्छु भनेर उनले पीडितहरुलाई प्रभावमा पारेकी थिइन् । 

प्रहरीले उनलाई कानुनी कारवाहीका लागी वैदेशिक रोजगार विभागमा पठाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप