आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दोस्रो मौका खोज्दै छन् आदिपुरुषका लेखक मनोज

शुक्रबार, १४ वैशाख २०८१, १५ : ५९
शुक्रबार, १४ वैशाख २०८१

नयाँ दिल्ली । भारतीय फिल्म आदिपुरुष रिलिजपछि कोही सबैभन्दा आलोचित भए भने ती व्यक्ति फिल्मका लेखक मनोज मुन्तशिर थिए । फिल्मको कहानी र डाइलगका कारण सामाजिक सञ्जालमा मनोज निकै आलोचित बने । नेपालमा पनि यो फिल्मको निकै विरोध भयो । काठमाडौँका मेयरले फिल्मको प्रदर्शन नै रोकिदिए ।

एकपछि अर्को आलोचना बढ्दै गएपछि मुन्तशिरले माफी मागे । तर स्थिति साम्य होला भन्दा झन् झन् चर्कियो । आलोचना थेग्नै नसकेपछि उनले केही समयमा सामाजिक सञ्जालबाट बेपत्ता बने । 

कहानी लेख्नमा गल्ती नै भएको थियो

आदिपुरुषको कहानी लेख्ने मामिलामा आफू चुकेको मनोजले स्वीकारेका छन् । लेख्ने मामिलामा आफू पूरै चुकेको उनले बताए । आफूले राम्रो त लेखेको थिएँ भनेर लेखन क्षमताको वचाउ गर्दै हिँड्ने इनसिक्योर मान्छे आफू नभएको अनि शत प्रतिशत आफूबाट गल्ती भएको उनको भनाइ थियो । आफ्नो आशय धर्मलाई ठेस पुर्‍याउनु अनि सनातन धर्मलाई दुःख दिनु वा भगवान् रामलाई कलङ्कित गर्नु, हनुमानको बारेमा नभएको कुरा भन्नु  बिलकुल नभएको उनले बताए । आफूबाट ठुलो गल्ती भएको अनि यो घटनाबाट आफूले धेरै कुरा सिकेको पनि उनले बताए । आगामी दिनमा उच्च सतर्कता अपनाउने उनको भनाइ छ ।

फिल्मले यस्तो खालको प्रतिक्रिया पाउँछ भनेर चाहिँ उनले कहिले पनि सोचेका थिएनन् । फिल्म राम्रो नियतले बनाएको थियो । ६ अर्ब रुपैयाँ खर्चेर बनाएको फिल्म राम्रो होस् भनेर नचाहने को होला र ? फिल्म बनाएर उल्टै करियर नै खत्तम होस्, ध्वस्तै होस् भनेर कसले चाहन्छ र ? फिल्मको पछाडि आफूहरूको कुनै एजेन्डा नभएको तर बिस्तारै बिस्तारै स्थिति बिग्रिँदै गएको उनी बताउँछन् ।

विवाद उत्कर्षमा पुगेकै बेलामा सफाइ दिनु नै आफ्नो सबैभन्दा ठुलो गल्ती भएको मनोज आफैँ पनि स्वीकार गर्छन् । मानिसहरू रिसले चुर भएको बेलामा आफू बोल्नै नहुने उनले अहिले महसुस गरेका छन् ।

आदिपुरुषको कहानीको मामिलामा स्थिति यति बिग्रिएको थियो कि मनोजलाई मार्ने धम्की समेत आएको थियो । तर जे जस्तो भए पनि आफूले दोस्रो मौका भने ‘डिजर्भ’ गर्ने मनोज बताउँछन् । आदिपुरुषमा ‘एक्सपेरिमेन्ट’ गर्न खोजिएको थियो, तर यो पूरै विफल साबित भयो । बाहुबलीको कथा पनि मनोज मुन्तशिरले लेखेका हुन् । विगतमा राम्रो काम गरेकोले आफूले दोस्रो मौका पाउनु पर्ने दाबी मनोजले गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप