राहत वितरण पारदर्शी र निष्पक्ष बनाउन सरकारलाई एमालेको ध्यानाकर्षण
शुक्रबार, २६ माघ २०८०, १६ : २३
काठमाडौँ । नेकपा एमालेले भूकम्प प्रभावितहरूलाई पारदर्शी, निष्पक्ष र प्रभावकारी ढङ्गले राहत वितरण गर्न सरकारको ध्यानाकर्षण गराएको छ । बुधवार बसेको सो पार्टीको सचिवालय बैठकले सरकारलाई यसबारे ध्यानाकर्षण गराएको हो ।
‘राहत सङ्कलन भएर पनि प्रभावकारी वितरण नभइरहेको । राहत डम्प भएको, नागरिकहरू चिसोमा भोकभोकै सुत्न बाध्य भएको तथा राहतमा पनि राजनीतिकरण भएको मात्रै होइन पछिल्लो समय त एक खालको विपत् पर्यटनजस्तो विपत् हेर्न जाने र सेल्फी खिच्न जानेजस्तो’ भएकाले गम्भीर, निष्पक्ष र पारदर्शी ढङ्गले राहत वितरण गर्न सरकारको ध्यानाकर्षण गराएको ज्ञवालीले जानकारी दिए ।