आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फारवेष्ट पशुपति कप मङ्सिर २२ गतेदेखि

शुक्रबार, २६ माघ २०८०, १६ : ३९
शुक्रबार, २६ माघ २०८०

काठमाडौँ । छैटौँ फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता आगामी मङ्सिर २२ गतेदेखि सञ्चालन हुने भएको छ । आयोजक फारवेष्ट पशुपति युवा क्लबले बुधवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता मङ्सिर २२ गतेदेखि आयोजना गर्ने जानकारी दिएको हो । 

पाँचौँ संस्करणको आयोजनापछि तीन वर्ष रोकिएको प्रतियोगिताको छैटौँ संस्करण मङ्सिर २९ गतेसम्म कैलालीको धनगढी रंगशालामा सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले दुई लाख रुपैयाँ नगद पुरस्कार पाउने छन् । 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार र विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही १५ हजार रुपैयाँ नगद पुरस्कार दिइने आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले बताए । 

प्रत्येक खेलको म्यान अफ दी म्याचले पनि पाँच हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । प्रतियोगिताको कुल पुरस्कार राशि आठ लाख ७० हजार रुपैयाँ रहेको जानकारी आयोजक फारवेष्ट पशुपति युवा क्लबले दियो । 

प्रतियोगितामा १६ वटा टोलीको सहभागिता रहने जानकारी क्लबका सचिव ललित मिश्रले दिए । उनका अनुसार, प्रतियोगिता आयोजना गर्न करिब ४९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप