आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

धादिङबाट पहिलोपटक २ जना एनआरएनएले लिए नेपाली नागरिकता

शुक्रबार, २६ माघ २०८०, १७ : ४५
शुक्रबार, २६ माघ २०८०

धादिङ । धादिङबाट पहिलोपटक २ जना गैरआवासीय नागरिक (एनआरएनए) ले नेपाली नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालय, धादिङबाट एक पुरुष र एक महिला गैरआवसीय नागरिकले नेपाली नागरिकता लिएका हुन् ।

धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेका अनुसार धादिङमा बुधवारबाट गैरआवासीय नेपाली नागरिकता वितरणको सुरूवात गरिएको हो ।

बुधवार धादिङ नीलकण्ठ १४ जन्मस्थान भई हाल संयुक्त राज्य अमेरिका बस्ने गंगाबहादुर बस्नेत र गजुरी २ जन्मस्थान भई अमेरिका बस्ने लक्ष्मी सेढाई गिरीले नेपाली नागरिकता वितरण गरिएको प्रजिअ गैरेले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप