आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

साबिक विजेता इंग्ल्याण्डको दोस्रो जीत

शुक्रबार, २६ माघ २०८०, २१ : ३८
शुक्रबार, २६ माघ २०८०

पुणे । साबिक विजेता इंग्ल्याण्डले नेदरल्याण्ड्सलाई हराउँदै च्याम्पियन्स ट्रफीमा स्थान बनाउने सम्भावना कायम राखेको छ । बुधबार पुणेमा भएको खेलमा इंग्ल्याण्ड १ सय ६० रनको विशाल अन्तरले पराजित गरेको हो ।

इंग्ल्याण्डले प्रस्तुत गरेको ३ सय ४० रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्ड्सले ३७.२ ओभरमा सबै विकेट गुमाएर १ सय ७९ रन मात्र बनाउन सक्यो । नेदरल्याण्ड्सका लागि तेजा निदामानुरुले सार्वधिक ४१ रन बनाए भने कप्तान स्कट एडवार्डस्ले ३८ तथा साईब्रान्ड एन्जेलबर्चले ३३ रनको योगदान दिए ।

इंग्ल्याण्डका लागि मोइन अली र आदिल रसिदले ३–३ विकेट लिए भने डेभिड विलीले दुई तथा क्रिस वोक्सले १ विकेट लिए । यसअघि बेन स्टोक्सको शतकको मद्दतले इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय ३९ रन बनाएको थियो । ओपनर डेविड मलान रनआउट हुन अघि ७४ बलमा ८७ रनको योगदान दिए । खेलको अन्त्यतिर क्रिस वोक्सले ५१ रनको महत्त्वपूर्ण पाली खेले ।

नेदरल्याण्ड्सका लागि बास डी लिडेले ३ तथा लोगन भान विक र पाउन भान मेकेरेनले २–२ विकेट लिए ।  प्रतियोगितामा इंग्ल्याण्डको मात्र दोस्रो जीत हो । ८ खेलपछि इंग्ल्याण्डको ४ अंक रहेको छ । टोली नेट रनरेटको आधारमा सातौँ स्थानमा उक्लिएको छ । समान अंक बोकेको नेदरल्याण्ड्स भने अंक तालिकामा पुछारमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप