आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधि त्रिभुवन आर्मीलाई

शुक्रबार, २६ माघ २०८०, २२ : ४०
शुक्रबार, २६ माघ २०८०

खजुरा । बाँकेको कोहलपुरमा सञ्चालित ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८०’ को उपाधि त्रिभुवन आर्मीले हात पारेको छ । आज भएको फाइनल खेलमा त्रिभुवन आर्मीले चर्च ब्वाइजलाई २–० ले गोेल गर्दै त्रिभुवन आर्मीले उपाधि जितेको हो । 

विजेता त्रिभुवन आर्मीले रु आठ लाख नगद र दोस्रो स्थानमा आएको चर्च ब्वाइज क्लबले रु चार लाख नगद पुरस्कार प्राप्त गरेको आयोजक रेसिङ साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले बताए । उनका अनुसार त्रिभुवन आर्मीका खेलाडीले खेल सुरु भएको ३२औँ मिनेटमा सराज श्रेष्ठले गोल गरेका थिए भने दोस्रो हापको ७६औँ मिनेटमा मानबहादुर आलेमगरले गोल गरेका थिए । 

त्रिभुवन आर्मीका खेलाडी आलेमगरलाई म्यानअफ द म्याज घोषणा गरियो । उनलाई रु पाँच हजार प्रदान गरिएको थियो । उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडीका रुपमा आर्मीका टङ्क बस्नेतलाई नगद रु ५० हजार पुरस्कार प्रदान गरिएको थियो । 

प्रतियोगितामा कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले कोहलपुर गोल्डकपलाई संस्थागत बनाउन सङ्घीयतादेखि स्थानीय सरकारको सहयोग हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप