आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

केन चम्किँदा बायर्न अन्तिम १६ मा

शनिबार, १५ वैशाख २०८१, ०९ : २४
शनिबार, १५ वैशाख २०८१

म्युनिख । ह्यारी केनको दुई गोलको मद्दतले गालातासारेलाई हराउँदै बायर्न म्युनिख च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा पहिलो गोलका लागि ८० औँ मिनेटसम्म पर्खनुपरेको थियो । केनले जोसुवा किमिचको फ्रिकिकमा हेडमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए । ६ मिनेटपछि म्याथेयस टेलको पासमा दोस्रो गोल गरे । 

केनले यो सिजन बायर्नका लागि सबै प्रतियोगिताका १५ खेलमा १९ गोल गरिसकेका छन् । त्यस्तै, प्रतियोगितामा २५ गोल गर्ने उनी तेस्रो इंग्ल्सि खेलाडी पनि बनेका छन् ।

इन्जुरी समयमा सेडरिक बाकाम्बुले गालातासारेका लागि एक गोल फर्काए पनि त्यतिबेला धेरै ढिला भइसकेको थियो । समूह ए मा १२ अङ्कसहित बायर्न शीर्ष स्थानमा रहेको छ । गालातासारे ४ अङ्कसहित तेस्रो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप