आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रासफोर्डलाई रातो कार्ड, युनाइटेड पराजित

शनिबार, १५ वैशाख २०८१, ०९ : ४२
शनिबार, १५ वैशाख २०८१

कोपनहेगन । मार्कस रासफोर्डले रातो कार्ड पाउँदा म्यानचेस्टर युनाइटेड एफ कोपनहेगनसँग पराजित भएको छ । बुधबार राति भएको खेलमा ३–४ गोल अन्तरले पराजित हुँदै युनाइटेडको च्याम्पियन्स लिगको अभियानमा ठुलो धक्का लागेको हो ।

खेलमा अग्रता भने युनाइटेडले लिएको थियो । खेलको तेस्रो मिनेटमा नै रासमस होयलन्डले टोलीलाई अग्रता दिलाएका थिए । २८ औँ मिनेटमा उनले युनाइटेडको अग्रता दोब्बर बनाए । ४२ औँ मिनेटमा रासफोर्डले रातो कार्ड पाएपछि भने खेलको समीकरण बदलियो ।

४५ औँ मिनेटमा मोहामद इलियोनोउसीले खेल बराबरी गरे भने पहिलो हाफको इन्जुरी समयमा डियोगो गोन्काल्भेसले पेनाल्टीबाट खेल बराबरी गरे । दोस्रो हाफको ६९ औँ मिनेटमा युनाइटेडले पनि पेनाल्टी पायो । जसलाई कप्तान ब्रुनो फर्नान्डेजले गोलमा परिणत गर्दै टोलीलाई पुनः अग्रता दिलाए ।
तर, खेलको अन्त्यतिर ४ मिनेटको अन्तरमा दुई गोल गर्दै कोपनहेगनले रोमाञ्चक जीत हासिल गर्‍यो । टोलीका लागि लुकास लेरागर र युवा खेलाडी रुनी बारदगीले गोल गरेका थिए ।

पराजयपछि युनाइटेड समूह ए को पुछारमा खस्किएको छ । ४ खेलबाट टोलीको मात्र तीन अङ्क रहेको छ । कोपनहेगन ४ अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप
रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप