आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रियल लगातार २६ औँ पटक च्याम्पियन्स लिगको नकआउट चरणमा

शनिबार, १५ वैशाख २०८१, ०९ : ४८
शनिबार, १५ वैशाख २०८१

स्यान्टियागो बर्नेबाउ । घरेलु मैदानमा स्पोर्टिङ ब्रागालाई सहजै हराउँदै रियल मड्रिड च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । 

खेलको २७ औँ मिनेटमा रोड्रिगोको पासमा ब्राहिम डियाजले टोलीलाई अग्रता दिलाए । ५८ औँ मिनेटमा लुकास भासक्वेजले भिनिसियस जुनियरका लागि दोस्रो गोलको अवसर सिर्जना गरे । ३ मिनेटपछि नै भिनिसियसको एसिस्टमा रोड्रिगोले तेस्रो गोल गरेका थिए ।

रियल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको यो लगातार २६ औँ सिजन हो । कार्लो एन्चेलोटीको टोली घरेलु मैदानमा खेलिएका च्याम्पियन्स लिगका पछिल्ला ९ खेलमा अपराजित रहेको छ । 

बुधबारको खेलमा जुड बेलिङह्याम भने चोटका कारण बेन्चमा रहेका थिए । उनले क्लब आएपछि पहिलोपटक च्याम्पियन्स लिगको खेल गुमाएका हुन् ।

समूहको अर्को खेलमा नापोली युनियन बर्लिनसँग बराबरीमा रोकियो । रियलको ४ खेलबाट १२ अङ्क रहेको छ । नापोली ७ अङ्कसहित दोस्रो स्थानमा छ । ब्रागा ३ अङ्कसहित तेस्रो छ भने युनियन बर्लिनको १ अङ्क रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप