आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अपराध

अछाममा हत्या, काठमाडौँमा पक्राउ

शनिबार, १५ वैशाख २०८१, १३ : ०७
शनिबार, १५ वैशाख २०८१

काठमाडौँ । अछाम एक युवकको हत्या गरेर फरार रहेकी महिला काठमाडौँबाट पक्राउ गरेकी छन् । पक्राउ पर्नेमा ३० वर्षीया लक्ष्मी सुनार रहेकी छन् ।

अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ८ निवासी सुनारले आफ्नो छिमेकी रहेका १८ वर्षीय दीपेन्द्रबहादुर शाहीको हत्या गरेकी थिइन् । गत कार्तिक १७ गते बिहान ६ः४५ बजे हत्या गरेपछि उनी फरार रहेकी थिइन् ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले माछापोखरीबाट बुधबार पक्राउ गरेको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । सुनारलाई पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय अछाम पठाइएको रेग्मीको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप