आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
खेलकुद

एन्फा साधारणसभा : मतदान सुरु

शनिबार, १५ वैशाख २०८१, १३ : १३
शनिबार, १५ वैशाख २०८१

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को हेटौँडामा जारी विशेष साधारणसभामा मतदान सुरु भएको छ । केहीबेर अघि मतदान सुरु भएको हो ।

अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईको बर्खास्ती सम्बन्धी निणर्यका लागि बिहीबार विशेष साधारणसभा आयोजना गरिएको हो ।

यसअघि अध्यक्ष नेम्वाङ र महासचिव राईको बर्खास्तीको माग गर्ने पक्षले विशेष साधारणसभा विधिसम्मत तरिकाले सञ्चालन नभएको आरोप लगाएपछि असहज स्थिति पैदा भएको थियो । 
उनीहरुले अध्यक्ष नेम्वाङ र महासचिव राईको अविश्वास प्रस्तावविरुद्ध मतदान सुरु हुनुअघि आफूले बोल्न पाउनु पर्ने माग राखेका थिए ।

विशेष साधारणसभामा सिधै मतदान गर्ने तयारी सुरु भएपछि अर्को पक्षले आफूहरुले बोल्न पाउनु पर्ने माग गरेका थिए । त्यसपछि सभा हलभित्र होहल्ला समेत भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप