आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
खेलकुद

एन्फाको विशेष साधारणसभा : असन्तुष्ट पक्षले छुट्टै पत्रकार सम्मेलन गर्ने

शनिबार, १५ वैशाख २०८१, १३ : २२
शनिबार, १५ वैशाख २०८१

काठमाडौँ । असन्तुष्ट पक्षको विरोधको बावजुद अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभामा मतदान पक्रिया सुरु भएको छ । मकवानपुरको हेटौँडामा जारी विशेष साधारणसभामा आफूहरुलाई बोल्ने अवसर नै नदिई मतदान पक्रिया सुरु गरिएपछि असन्तुष्ट पक्षले छुट्टै पत्रकार सम्मलेन गर्ने तयारी गरेको छ । 

‘अध्यक्ष र महासचिवविरुद्ध अविश्वासको प्रस्तवा राख्ने हामी प्रस्तावकलाई बोल्ने अवसर नै दिइएन । हामीले बोल्ने समय माग्दा पनि बेवास्ता गरियो । हाम्रो मागलाई बेवास्ता गर्दै मतदान प्रक्रिया अगाडि बढाइएको छ । अब हामी छिट्टै पत्रकार सम्मेलन गर्दैछौँ,’ अध्यक्ष र महासचिवविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउनेमध्येका एक कर्मा छिरिङ शेर्पाले भने । शेर्पा एन्फाका पूर्वअध्यक्ष पनि हुन् । 

यसअघि असन्तुष्ट पक्षले आफ्नो कुरा राख्न पाउनु पर्ने माग गरेपछि विशेष साधारणसभामा असहज स्थिति सृजना भएको थियो । एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईको बर्खास्ती सम्बन्धी निणर्यका लागि विशेष साधारणसभा आयोजना गरिएको हो ।

अध्यक्ष नेम्वाङ र महासचिव राईको बर्खास्तीको माग गर्ने पक्षले विशेष साधारणसभा विधिसम्मत तरिकाले सञ्चालन नभएको आरोप लगाएका छन् । उनीहरुले अध्यक्ष नेम्वाङ र महासचिव राईको अविश्वास प्रस्तावविरुद्ध मतदान सुरु हुनुअघि आफूले बोल्न पाउनुपर्ने माग राखेका थिए ।

सोही विषयलाई लिएर सभा हलभित्र होहल्ला पनि सुरु भएको छ । विशेष साधारणसभा स्थलमा ठूलो सँख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । विशेष साधारणसभाको माग गर्ने पक्षले नियमसम्मत तरिकाले साधारणसभा सञ्चालन नभए आफूले बहिष्कार गर्नेसम्मको चेतावनी दिएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप