आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
खेलकुद

एन्फा विशेष साधारणसभा : मतगणना सुरु

शनिबार, १५ वैशाख २०८१, १४ : २७
शनिबार, १५ वैशाख २०८१

काठमाडौँ । अध्यक्ष र महासचिवविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावको विषयमा निणर्य गर्न मकवानपुरको हैटौँडामा भएको अखिल नेपाल फुटबल संघको विशेष साधारणसभाका क्रममा भएको मतदानको मतगणना सुरु भएको छ । केहीबेर अघि मतगण्नाना सुरु भएको हो ।

कुल ८७ संस्थाका प्रतिनिधिसँग मताधिकार रहेको उक्त निर्वाचनमा ३४ मत भने खसेन । कुल ५३ मत खसेकोमा १ मत बदर भएको छ ।  

असन्तुष्ट पक्षको विरोधको बावजुद विशेष साधारणसभामा मतदान पक्रिया अघि बढाइएको थियो । यसअघि असन्तुष्ट पक्षले आफ्नो कुरा राख्न पाउनु पर्ने माग गरेपछि विशेष साधारणसभामा असहज स्थिति सृजना भएको थियो ।

एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईको बर्खास्ती सम्बन्धी निणर्यका लागि विशेष साधारणसभा आयोजना गरिएको हो ।

अध्यक्ष नेम्वाङ र महासचिव राईको बर्खास्तीको माग गर्ने पक्षले विशेष साधारणसभा विधिसम्मत तरिकाले सञ्चालन नभएको आरोप लगाएका छन् । उनीहरुले अध्यक्ष नेम्वाङ र महासचिव राईको अविश्वास प्रस्तावविरुद्ध मतदान सुरु हुनुअघि आफूले बोल्न पाउनु पर्ने माग राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप