आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सर्पको टपिङ भएको पिज्जा खाने हो त ?

शनिबार, १५ वैशाख २०८१, १४ : ५१
शनिबार, १५ वैशाख २०८१

काठमाडौँ । तपाईँले अनेक खालको पिज्जा खानु भएको होला । सबै आ–आफ्नो रुचि अनुसार पिज्जामा टपिङ राख्न लगाउँछन् । 

कसैलाई टन्नै तरकारी भएको पिज्जा मन पर्छ कसैलाई कुखुराको मासु र कसैलाई चिज ब्रस्र्ट । तपाईँले सर्पको टपिङ भएको पिज्जाको बारेमा सुन्नु भएको छ वा खानु भएको छ ? वा कसैले तपाईँलाई यसको अफर गरेको छ कि ?

शीर्ष पिज्जा कम्पनी पिज्जा हटले सर्पको टपिङयुक्त पिज्जाको अफर दिइरहेको छ । सीएनएनमा छापिएको एउटा समाचारका अनुसार पिज्जा हटले हङकङस्थित आफ्ना ग्राहकहरुलाई सर्पको टपिङ भएको पिज्जा दिइरहेका छन् । 

यो विशेष एडिशन भएको कम्पनीको दाबी छ । यो पिज्जाले चिसोमा मानिसहरुलाई तातो राख्ने अनि सर्पको मासुको फ्लेभर पनि चखाउने कम्पनीको भनाइ छ । पिज्जा हट अमेरिकी कम्पनी हो । यसको आउटलेट संसारभरि नै छ ।

कम्पनीले हालै हङकङमा स्नेक पिज्जाको शुरुआत गरेको छ । सामाजिक सञ्जालमा यसको मार्केटिङ देखेर मानिसहरु भड्किरहेका छन् । तर कम्पनीले हङकङका ग्राहकहरुलाई टार्गेट गरेको हो । त्यहाँका मान्छेहरु सर्पको मासु खान्छन् । शर्दिको बेलामा सापको मासुको सुप बनाएर पिउँछन् । दक्षिण चीनबाहेक दक्षिण एशियाका केही हिस्सामा पनि सर्पको मासु  खाइन्छ । चीनको केही स्थानमा सर्प भोजनका लागि पालिन्छ । पछिल्लो समय विश्वका कयौँ देशहरुले पनि स्नेक फार्मिङ सुरु गरेका छन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप