आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कम्मरमा लुकाएर ल्याएको चाँदीसहित भारतीय किशोर पक्राउ

शनिबार, २७ माघ २०८०, १६ : २७
शनिबार, २७ माघ २०८०

सर्लाही । कम्मरमा लुकाई ल्याएको करिब १ केजी ९ सय ५० ग्राम चाँदी लगायतका विभिन्न सामानसहित एक किशोर पक्राउ परेका छन् ।  

भारत सितामढी बसतपुर ग्राम पञ्चायत-७ बस्ने १९ वर्षीय लभ दासलाई मलंगवा नगरपालिका-८ लचकाबाट बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । भारतबाट साइकलमा नेपालतर्फ आउँदै गरेका उनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त सामानसहित फेला पारी पक्राउ गरेको हो । 

उनको साथबाट चाँदीको सिक्का २० थान, हनुमानी १ थान, औंठी ८ थान, पायल-४ जोर, ब्रासलेट १ जोर, प्लेट २ थान, गणेश र लक्ष्मीको मूर्ति ११ थान, सिक्री ३७ थान गरी उक्त तौलको चाँदीका सामान बरामद भएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप