आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अछामबाट सुर्खेत जाँदै गरेका किशोरको बाटो छेकेर हत्या

लक्ष्मी सुनारसहित ७ जना पक्राउ
शनिबार, २७ माघ २०८०, १९ : ४४
शनिबार, २७ माघ २०८०

काठमाडौँ । अछामको पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर–८ घर भएका दिपेन्द्र बहादुर शाही सुर्खेततर्फ जाँदै थिए । मोटरसाइकलमा सुर्खेत हिँडेका १८ वर्षीय शाहिको कार्तिक १७ मा हत्या भयो ।

बिहान ६ बजेर ४५ मिनेटमा पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर–८ स्थित बरालामा दिपेन्द्रलाई एक समूहले रोके । मोटरसाइकल रोकेपछि दिपेन्द्र र सो समूहको बिचमा विवाद हुन थाल्यो । विवादकै बिचमा १५ वर्षीय किशोरले टाउकोमा ढुंगाले प्रहार गरे । गम्भीर घाइते भएका दिपेन्द्रको उपचारको क्रममा सुर्खेतमा मृत्यु भयो ।

उनको हत्यामा संलग्न आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दिपेन्द्रको छिमेकी ३० वर्षीय लक्ष्मी सुनारलाई काठमाडौँबाट पक्राउ गरेको छ । सुनारलाई पक्राउ गरेर अछाम लगिएको अछामका डिएसपी सन्तोष पाठकले रातोपाटीलाई बताए । घटनास्थलमा सुनारले मोटरसाइकल रोक्न भूमिका खेलेको आरोप छ ।

हत्यामा संलग्न आरोपमा लक्ष्मी सुनारसहित ७ जनालाई पक्राउ गरिएको डीएसपी पाठकले जानकारी दिए । टाउकोमा गम्भीर चोट लागेको दिपेन्द्रको अपरेसन गर्दा असफल भएपनि उनको मृत्यु भएको थियो । आरोपीतहरुविरुद्ध ज्यान सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको डीएसपी पाठकले बताए । आरोपित सुनार कार्तिक २२ मा काठमाडौँ महानगरपालिका–१६ माछापोखरीबाट पक्राउ परेकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप