आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
बिहे घरजस्तै सजिए काठमाडौँका मल, तस्बिरहरु
तिहार

बिहे घरजस्तै सजिए काठमाडौँका मल, तस्बिरहरु

शनिबार, २७ माघ २०८०

काठमाडौँ । तिहार आएसँगै काठमाडौँ सहरले आफ्नो स्वरुप फेर्दै गएको छ । ठाउँ ठाउँमा रहेका मल र मुख्य क्षेत्र अहिले झिलिमिली बत्तीले सजिएका छन् ।

मैतीदेवी मन्दिर क्षेत्र त दसैँ अगावै बत्तीले सजिएको थियो । अहिले यो क्षेत्रमा मानिसहरु टिकटकदेखि, रिल र भिडियो एवं फोटो खिच्न पुग्ने गरेका छन् । यहाँको माहोल हेर्दा लाग्छ, कुनै मेला नै लागेको छ ।

मैतीदेवी जस्तै अहिले न्यूरोड क्षेत्रमा पनि बत्तीहरु जडान गरिएका छन्ज, सले यो क्षेत्रलाई गुल्जार बनाइदिएको छ ।

कार्यालयबाट थाकेर फर्किएकाहरु होऊन् वा दैनिक कार्य सकाएर फर्किँदै गरेका मानिस हुन् । यी दुई क्षेत्रमा पुगेपछि उनीहरु आफ्नो थकान भुल्छन् र फोटो खिच्न थाल्छन् ।

तिहारको सजावटको लागि काठमाडौँमा रहेका मलहरु पनि कम छैनन् । सिटिसी मल, काठमाडौँ मल, सिटी सेन्टर, सिभिल मल लगायतका क्षेत्र पनि बिहे घरजस्तै सजिएका छन् । झिलिमिली बत्तीले यी क्षेत्रमा छुट्टै उमंग र आकर्षण पैदा गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया