आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जसपाको सुदूरपश्चिम प्रदेश समिति गठन

शनिबार, २७ माघ २०८०, २१ : ३१
शनिबार, २७ माघ २०८०

कैलाली । जनता समाजवादी पार्टी (जसपा) नेपालको सुदूरपश्चिम प्रदेश समिति गठन भएको छ । कैलालीको धनगढीमा बसेको प्रदेश समितिको विस्तारित बैठकले भगतराम थारुको अध्यक्षतामा ३८ सदस्यीय समिति गठन गरेको हो ।

समितिको उपाध्यक्ष गोविन्द राना थारु, निर्मला रिजाल, संगम सक्सेना मुख्यसचिव राजु बम सचिवमा दलबहादुर घर्ती मगर र दिपेश तिमल्सैना जैसी रहेका छन् ।

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं सुदूरपश्चिम इन्चार्ज गोविन्द चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रदेश समितिका सहइन्चार्ज भीमबहादुर थापा, राजनीतिक समिति सदस्य मालामती रानालगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप