आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
खेलकुद

इन्दू बर्मा महिला राष्ट्रिय क्रिकेट टोलीको नयाँ कप्तान

आइतबार, १६ वैशाख २०८१, १० : ३५
आइतबार, १६ वैशाख २०८१

 काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानमा इन्दू बर्मालाई नियुक्त गरेको छ । क्यानले हङ्कङमा हुने टी—२० क्रिकेट शृंखलाका लागि इन्दूको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो । 

टी—२० शृंखला नोभेम्बर १५ तारिखदेखि सुरु हुनेछ । हङ्कङ भ्रमणका लागि घोषित टोलीमा उपकप्तानको जिम्मेबारी विन्दू रावललाई दिइएको छ । यसअघि राष्ट्रिय महिला टोलीको कप्तानको भूमिकामा रुविना क्षेत्री रहेकी थिइन् । 

हङ्कङ भ्रमणका लागि घोषित टोलीमा इन्दू वर्मा (कप्तान), विन्दू रावल (उपकप्तान), रुविना क्षेत्री, सीता रानामगर, अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कञ्चन श्रेष्ठ, सोमु बिष्ट, पूजा महतो, रोमा थापा, संगिता राई, खुसी डंगोल, सम्झना खड्का र सोनी पाख्रिन रहेका छन् । 

हङ्कङमा हुने टी—२० शृंखलामा चार राष्ट्रको सहभागिता रहने छ । उक्त शृंखलामा नेपाल र हङ्कङका अतिरिक्त जापान र तान्जिनियाले सहभागिता जनाउने छन् । इन्दुले पहिलो पटक राष्ट्रिय टोलीको कप्तानको जिम्मेबारी पाएकी हुन् । 

क्यानले ११ वर्ष राष्ट्रिय टोलीको सफल नेतृत्व गरेकोमा रुविनाप्रति आभार ब्यक्त गरेको छ । सिनियर खेलाडीका रुपमा आगामी दिनमा पनि राष्ट्रिय टोलीमा उनको भूमिका महत्वपूणर् रहने विश्वास पनि क्यानले ब्यक्त गरेको छ । 

रुविनाले निरन्तर ११ वर्षसम्म राष्ट्रिय टोलीको नेतृत्व गर्ने अवसर प्रदान गरेकोमा क्यानप्रति आभार ब्यक्त गरेकी छन् । उनले सम्पूणर् क्रिकेटप्रेमी र आफ्नो शुभेच्छुकहरुप्रति पनि आभार ब्यक्त गरेकी छन् । उनले आगामी दिनमा पनि सिनियर खेलाडीको भूमिकामा टोलीमा आफ्नो निरन्तर योगदान रहने प्रतिबद्धता ब्यक्त गरेकी छन् ।
list

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप