आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तिहार तथा छठ बिदामा आयोग खुला रहने

आइतबार, १६ वैशाख २०८१, ११ : १८
आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरु तिहार तथा छठ बिदामा पनि खुल्ने भएका छन् । सार्वजनिक बिदाको बेला बिहान ११.०० बजेदेखि दिउँसो २.०० बजेसम्म आयोग खुला रहने भएको हो ।  

आम नागरिकको मानव अधिकारको संरक्षणको कार्यलाई ध्यानमा राखी विगतमा झैँ यस वर्षको बिदाका दिनमा पनि कार्यालय खुला राख्ने व्यवस्था मिलाइएको आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
 यस अवधिमा आयोगले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरुमा उजुरी लिने तथा आवश्यकता अनुसार गम्भीर प्रकृतिका घटनाहरुमा आकस्मिक अनुगमन समेत गर्ने जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप