आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँ महानगरमा राति १ बजेसम्म देउसी भैलो खेल्न पाउने

आइतबार, १६ वैशाख २०८१, ११ : ५२
आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । काठमाडौं महानगरपालिकाभित्र राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने भएको छ । विगतका वर्षहरूमा राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाउने व्यवस्था गरिएको थियो । तर, यो वर्ष राति १ बजेसम्म खेल्न पाइने महानगरले जनाएको छ ।

कोरोना महामारी तथा सुरक्षाको कारण विगतका वर्षहरूमा देउसी भैलो खेल्न समय छोट्याइएको थियो ।  राति १ बजेसम्म देउसी खेल्दा सुरक्षाकमो लागि पेट्रोलिङको व्यवस्था मिलाइएको महानगरले जनाएको छ ।

सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेल्न काठमाडौं महानगरका प्रमुख बालेन शाहले अनुरोध गरे । महानगरले प्रहरी र स्थानीय प्रशासनलाई समेत सोही आधारमा सुरक्षा प्रबन्ध मिलाउन अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप