आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जसपाको लुम्बिनी प्रदेश समितिमा जिम्मेवारी बाँडफाँट

आइतबार, १६ वैशाख २०८१, ११ : ५७
आइतबार, १६ वैशाख २०८१

रुपन्देही ।  जनता समाजवादी पार्टी (जसपा) नेपाल लुम्बिनी प्रदेश समितिले सदस्यहरुको जिम्मेवारी बाँडफाँट गरेको छ । बिहीबार बसेको प्रदेश कार्यकारिणी समितिको बिहीबार बसेको प्रदेश कार्यकारिणी समितिको बैठकले सल्लाहकार समितिको अध्यक्षमा बदरुदुजा खाँ, अनुशासन आयोगको अध्यक्षमा सुदिप पौडेल, निर्वाचन आयोगको अध्यक्षमा सुधाकर मिश्रा र लेखापरीक्षण आयोग अध्यक्षमा घुरहु यादवलाई चयन गरेको छ ।

त्यस्तै मगरात राष्ट्रिय समितिको इन्चार्जमा भण्डारीलाल अहिर, सह इन्चार्जमा कृष्णबहादुर सर्तुङे मगर, थरुहट तराई राष्ट्रिय समितिको इन्चार्जमा शिवपुजन यादव र सह इन्चार्जमा इनामुल्लाह फकिरलाई जिम्मेवारी तोकेको छ ।

बैठकले अकरम पठान, राजकुमार बर्मा, रेनु सिंह, सरोजा बढई, भण्डारीलाल अहिर, शिवपुजन यादव, इनामुल्लाह फकिर र कुष्णबहादुर सर्तुङेलाई लुम्बिनी प्रदेश कार्यकारिणी समिति सदस्यमा मनोनयन गरेको छ ।

सोही बैठकले आगामी मंसिर ९ र १० गते रुपन्देहीमा प्रदेशस्तरिय राजनीतिक अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको छ ।

बैठकबाट प्रदेश कार्यालय सचिवको जिम्मेवारी प्रदेश समिति सदस्य शिवकुमार चौधरीलाई दिइएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी गराए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप