आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अपराध

मुगु सामूहिक हत्याकाण्ड : लुट्ने उद्देश्यले २ जनाले बनाएका थिए हत्या योजना

४ जनाको हत्यापछि साढे ४ तोला सुन र लालपुर्जा लुटपाट
आइतबार, १६ वैशाख २०८१, १३ : २५
आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । मुगुको छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहरा र उनका ३ जना छोराछोरीको हत्या लुटपाटको उद्देश्यले भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । हत्यामा संलग्न आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा मुगु प्रहरीले पिना गाउँपालिका वडा नम्बर–७ घर भएका गोर्खराज शाही ठकुरी उर्फ काले र गोपाल बोहोरालाई पक्राउ गरेको छ ।

पिना गाउँपालिका वडा नम्बर–७ घर भएका गोर्खराज शाही ठकुरी उर्फ काले बाँकेस्थित कोहलपुरमा बस्छन् । ‘काले’ ले लुटपाट गर्ने उद्देश्यले पिना गाउँपालिका घर भएका गोपाल बोहरासँग मिलेर हत्या योजना बनाएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्– ‘सुन र नगद लुट्ने योजनासहित हत्या गरेको देखिन्छ ।’

गोपाल बोहरा अहिले छायाँनाथ रारा वडा नम्बर–६ स्थित मन्दुमा बस्दछन् । गोर्खराजले २०८० जेठ महिनामा मुगुको पिनामा गएर गोपाललाई भेटेर ‘श्रीदेवी बोहोरासँग ७–८ तोला सुन र नगद छ सो सुन र नगद लुट्नुपर्छ’ भनेर योजना बनाएका हुन् । योजना सफल पार्नका ‘काले’ कात्तिक ५ मा सुर्खेतबाट पिना गएर कात्तिक ६ मा मुगु पिनामा गोपालबहादुरको गोठमा लुकेर बसेका थिए । कात्तिक ८ मा श्रीदेवी बोहरा माइतीबाट फर्केपछि आरोपितहरूले उनको ११ वर्षको छोरा मनोज, ७ वर्षीय छोरी अप्सरा र १ वर्षीय छोरा रहरको हत्या गरेको अनुसन्धानबाट थाहा भएको छ ।

हत्यापछि गोर्खराज र गोपालले श्रीदेवीले बोक्ने गरेको ओप्पो मोबाइल १ थान, कानमा लगाएको २.५ तोला सुनको रिङ र २५ ग्रामको सुनको तिलहरी लुटेर भागेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए । हत्याराले श्रीदेवी र उनका पति दीपक बोहोराको नामको २ थान चेक, लालपुर्जा र ६ हजार नगद पनि लुटेका अनुसन्धानबाट थाहा भएको छ । हत्यापछि गोपाल बोहोरा गाउँमै बसे । गोर्खराज शाही ठकुरी सुर्खेत हुँदै नेपालगञ्जतर्फ फरार भए ।

कात्तिक २१ मा गोपाल बोहरा मुगुस्थित गमगढीबाट र कात्तिक २० मा ठकुरी सुर्खेतको पञ्चकोशी टोलबाट पक्राउ परेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप