आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रादेशिक अस्पतालको कार्यसम्पादनमा सुधार

आइतबार, १६ वैशाख २०८१, १३ : ३६
आइतबार, १६ वैशाख २०८१

बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको कार्यसम्पादनमा सुधार देखिएको  छ । अस्पतालले गरेको सुधारलाई आधार मानेर  गत वर्षको तुलनामा एक अङ्क वृद्धि गरिएको प्रदेश स्वास्थ्य मन्त्रालयले  जनाएको छ ।

यससँगै प्रदेशका १३ वटा अस्पतालहरू मध्ये लुम्बिनी प्रादेशिकले ७० दशमलव ३६ अङ्कसहित तेस्रो स्थान हासिल गर्न सफल भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुदर्शन थापाले जानकारी दिए । 

 लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डाक्टर जनार्दन पन्थीले अस्पताललाई प्रदेशमै तेस्रो स्थान हासिल गर्न सफल भएकोमा प्रमाणपत्रसहित सम्मान  गरेका छन् । 

अस्पतालले पछिल्लो आर्थिक वर्ष  २०८९। ८०मा ३ लाख २ हजार ६९६ सेवाग्राहीलाई बहिरङ्ग स्वास्थ्य उपचार उपलब्ध गराइएको छ । यो सङ्ख्या अघिल्लो आर्थिक वर्षको भन्दा १५ हजार ७०२ ले बढी रहेको अस्पताले जनाएको छ । 

अस्पतालमा सूचना अधिकारी डा नेत्र रानाका अनुसार  अस्पतालले सेवा विस्तारसँगै  बालबालिका तथा महिला प्रसूतिका लागि छुट्टै काउन्टर सञ्चालनमा , यस्तै अस्पतालले ल्याब रिपोर्ट एस।एम।एस सेवा पनि थप गरी सञ्चालन गर्दै आएको छ । ती लगायतका कार्यसम्पादनका आधार मानेर   प्रदेश तेस्रो  बनेको उनको भनाई रहेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप