आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरुको लागि रु २०० को क्यासब्याक अफर

आइतबार, १६ वैशाख २०८१, १३ : ३९
आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । एनएमबि बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरुका लागि तुरुन्त रु २०० क्यासब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ । 

तिहारमा विद्युतीय कारोबार प्रोत्साहन गर्ने उद्देश्यले नोभेम्बर ११ देखि नोभेम्बर १९ सम्म बैंकको डेबिट कार्ड प्रयोग गरी पीओएस वा ई–कमर्स करोबारमा क्यासब्याक प्राप्त गर्न सकिने छ। क्यासब्याक प्राप्त गर्न एक पटकमा रु १,००० को न्यूनतम भुक्तानी गर्नु पर्नेछ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १५७ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप