आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
मुगु सामूहिक हत्याकाण्ड

पहिले पनि अपराधमा संलग्न थिए आरोपित गोपाल

आइतबार, १६ वैशाख २०८१, १४ : ४६
आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । मुगु सामूहिक हत्या प्रकरणमा जोडिएका आरोपित गोपाल बोहोरा यसअघि पनि हत्या प्रयासमा संलग्न व्यक्ति रहेको खुलासा भएको छ । मुगु सामूहिक हत्या प्रकरणको अनुसनधानमा संलग्न एक अनुसन्धान अधिकृतका अनुसार गोपाल यसअघि पनि व्यक्ति हत्याको प्रयासमा पक्राउ परेका व्यक्ति हुन् । 

गत कात्तिक ८ गते मुगुको छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीय श्रीदेवी बोहरा र उनका ३ जना छोराछोरीको हत्या भएको थियो । हत्यामा संलग्न दुई व्यक्तिलाई कात्तिक २० र २१ गते पक्राउ गरिएको थियो । 

पक्राउ गरिएका गोपाल बोहोरा नाम गरेका आरोपित यसअघि पनि व्यक्तिको हत्या प्रयासमा संलग्न रहेको पाइएको प्रहरीले जनाएको हो । प्रहरीका अनुसार गोपालले यसअघि पनि एक व्यक्तिलाई छुरा प्रहार गरी हत्याको प्रयास गरेका थिए । तर पछि स्थानीय बासिन्दा, स्थानीय प्रहरी र पीडक र पीडित पक्षबीच छलफल भई पीडितको उपचार र क्षतिपूर्ति तिरी मिलापत्र गरिएको पाइएको छ । 

पहिले के कसरी मिलापत्र भएको थियो, त्यस विषयमा जानकारी नभएपनि पहिलेको घटनाबारे पनि जानकारी लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ । 

श्रीदेवी बोहोरा लगायत उनका तीन छोराछोरीको हत्या लुटपाटकै उद्देश्यबाट भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । पक्राउ परेका गोपाल बोहोराले पनि लुटपाटका उद्देश्यबाट नै श्रीदेवीको हत्या गरिएको र हत्यापछि श्रीदेवीले कानमा लगाएको दुईवटा रिङ र तिलहरी लुटेर लगेको बयान दिएका छन् । 

हत्यामा संलग्न रहेको भन्दै प्रहरीले साविक पिना गाविस –७, मुगु घर भएका काले भन्ने गोर्खराज शाही ठकुरी र गोपाल बोहोरालाई पक्राउ गरेको छ । उनीहरुलाई केही बेरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप