आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जाजरकोट र रुकुमपश्चिममा मात्रै २६ हजार ३७० घरमा पूर्ण क्षति

आइतबार, १६ वैशाख २०८१, १५ : ०५
आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । गत कत्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा रुकुमपश्चिम र जाजरकोटमा गरी २६ हजार ३७० घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । विपद पूर्वतयारी तथा प्रतिकार्य शाखाले बुधबार बिहान गरेको अपडेटअनुसार जाजरकोटमा पूर्ण क्षति भएका घर ९ हजार ७९४ रहेका छन् भने आंशिक क्षति भएका घरहरु २४ हजार ७०७ वटा रहेका छन् । 

त्यस्तै रुकुम पश्चिममा पूर्ण क्षति भएका घर बढी छन् । यो जिल्लामा १६ हजार ५७० वटा घरमा पूर्ण क्षति हुँदा आंशिक क्षति भएका घर ९ हजार ९६१ वटा रहेका छन् । 

त्यस्तै सल्यानमा १५१ वटा, रोल्पामा २५ र दैलेखमा एक घर पुर्ण क्षतिग्रस्त भएका छन् । वैतडी र कालिकोटमा एकएक र जुम्लाका ५ घर पनि पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । शाखाका अनुसार सबै जिल्लामा पूर्ण क्षति भएका घर २६ हजार ५५७ र आशिंक क्षति भएका घरहरुमा ३५ हजार ४५५ वटा रहेका छन् । उक्त भूकम्पमा परी जजरकोटमा १०१ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप