आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जाजरकोट भूकम्प : साढे दुई करोडको पशुधन क्षति

आइतबार, १६ वैशाख २०८१, १६ : ०५
आइतबार, १६ वैशाख २०८१

काठमाडौँ  । जाजरकोट भूकम्पबाट साढे दुई करोड रुपैयाँको पशुधनको क्षति भएको छ । जाजरकोट र पश्चिम रुकुम गरी २ करोड ५१ लाख २३ हजार ५ सय ४५ रुपैयाँ बराबरको पशुधनको क्षति भएको हो ।

 जाजरकोटमा मात्रै २ करोड १८ लाख ७ सय ५० रुपैयाँको क्षति र पश्चिम रुकुममा ३३ लाख १८ हजार ७ सय ९५ रुपैयाँ बराबरको पशुधनको क्षति भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अनुमान छ । 

मन्त्रालयका अनुसार दुवै जिल्लामा ९ सय ७३ पशु चौपायाको मृत्यु भएको छ । जाजरकोटमा ६ सय २२ र पश्चिम रुकुममा ३ सय ५१ पशु चौपायाको मृत्यु भएको हो । सोबाट १७ लाख १८ हजार ५ सय ९५ रुपैयाँको क्षति भएको मन्त्रालयले जनाएको छ । ६ सय ६ पशु चौपाया घाइते तथा उपचार गरिएका छन् । 

जाजरकोटमा ६७ वटा खोर गोठको क्षति हुँदा १ करोड ५८ लाख २७ हजार ७ सय ५ रुपैयाँ अनुमानित क्षति भएको मन्त्रालयले जनाएको छ । पश्चिम रुकुममा ४ वटा भौतिक संरचनामा क्षति भएको छ । सोबाट १६ लाख बाराबरको क्षति भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप