आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चर्चित कोरियन पप गायिकाको निधन

आइतबार, १६ वैशाख २०८१, १७ : २५
आइतबार, १६ वैशाख २०८१

दक्षिण कोरिया।  कोरियन पपकी चर्चित गायिका र गीतकार नहिको मृत्यु भएको छ । २४ वर्षको उमेरमा ८ नोभेम्बरमा उनको निधन भएको हो । नहिको अन्तिम संस्कार आज ग्यांगगी प्रान्तको प्यांगटेकमा गरिँदैछ । उनको मृत्युको कारण अहिलेसम्म थाहा हुन सकेको छैन ।

नहिको एजेन्सी र परिवार कसैले पनि मृत्युको कारणबारे केही पनि बताएको छैन । नहिले इन्ष्टाग्राममा गरेको अन्तिम पोष्टमा अहिले कमेन्टको बाढी आएको छ । उनलाई श्रद्धाञ्जली दिनेको ओइरो लागिरहेको छ । मृत्यु हुनु भन्दा एक दिन अघि शेयर गरिएको यो पोष्ट अहिले भाइरल भएको छ । अन्तिम पोष्टमा गायिकाले आफ्नो मनमोहक सेल्फीसहित कयौं फोटो शेयर गरेकी थिइन् ।

पोष्टमा नहिको घरपालुवा कुकुरको पनि कयौं फोटा थिए ।  नहिले सन् २०१९ मा ब्लु सिटीको साथमा इन्डी गायिका, गीतकारको रुपमा आफ्नो करियर शुरु गरेकी थिइन् । उनको ब्लु नाइट र ग्लुमी डेज गित निकै चर्चित छ । यस अघि उनले चार महीना अघि आफ्ना फ्यानका लागि रोज ल्याएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप